काठमाडौं । झापाको गौरादह नगरपालिका–९ सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
मृतक बालिकाहरूमा स्थानीय अञ्जु मगरकी सात वर्षीया सुष्मा मगर, नौ वर्षीया स्वीकृति मगर र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज दिउँसो माछा मार्ने क्रममा उनीहरू खोलामा डुबेका थिए । स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया