जावलाखेल फुटबल मैदानमा जारी फ्लोरिकल्चर एशोसिएशन नेपालको गोदावरी फूल प्रदर्शनीमा ५० प्रकारका गोदावरी फूलहरू रहेको व्यवसायीहरूले बताएका छन्
१८औँ संस्करणको उक्त मेलामा गोदावरी र अन्य प्रजातिका गरी ४ सय ५० फूलहरू उपलब्ध रहेको आयोजकले जनाएको हो ।
गोदावरी फूलको विशेष प्रदर्शनी रहे पनि अन्य प्रजातिका फूलहरू पनि तिहार र छठ विशेषका लागि राखिएको व्यवसायीहरुको भनाइ छ । फूल व्यवसायी कुमार बस्नेतले आफूसँग चालिसदेखि पचास प्रजातिका गोदावरी फूलहरू उपलब्ध रहेको बताए । उनले गत वर्ष प्रदर्शनीबाट पाँच लाख भन्दा बढी कारोबार गरेको जानकारी दिए । यस वर्ष पनि कारोबार राम्रो हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।
उनले भने, ‘अब हामीसँग अहिले यो विशेष त गोदावरी फूलको मेला भएका कारणले अहिले चालिस देखि पचास वटा भेराइटिका गोदावरी उपलब्ध छन् । पोहोर साल अलिकति ढिला थियो र फुलहरु अलि फुलेको थियो । लगभग पाँच, ६ लाखको कारोबार थियो भने यसपालि अलि फुल कम फुलेको छ । अब हेरौँ राम्रो अपेक्षा चाहिँ छ ।’
दुई सयदेखि पन्ध्र हजारसम्मका फूलहरू आफूसँग उपलब्ध रहेको अर्का फूल व्यवसायी ढकबहादुर कार्की बताउँछन् । चाड पर्वहरूमा आवश्यक पर्ने फूलको माग पूर्ति गर्ने उद्देश्य रहेको बताउँदै व्यवसायी कार्कीले आफ्नो स्टलमा विभिन्न प्रजातिका गोदावरी, सयपत्री लगायतका फूलहरू रहेको जानकारी दिए ।
उनले भने, ‘हाम्रो उद्देश्य चाहिँ मागअनुसार अब यो दशैलाई आवश्यकता हुन्छ हाम्रो तिहार पर्वमा चाड पर्वहरूमा यो फुलहरुको त्यसलाई पूर्ति गर्ने हुन्छ । अनि हामीसँग बिरुवाहरू धेरै किसिमका छन् । सयपत्री छन्, गोदावरी छन् । यसमा पनि अब पोलीमा छ हामीसँग गमला पटमा छ । अब दुई सय, चार सय, छ सय, आठ सयदेखि दश हजार पन्ध्र हजारसम्मका हामीसँग बिरुवाहरू छन् ।’
घर सजाउन प्रयोग गरिनेदेखि विभिन्न प्रजातिका फूलहरू यस मेलामा उपलब्ध रहेको अर्का फूल व्यवसायी कृष्णराम थापाले बताए । यो मेला पुष्पमा रमाउने मानिसहरूले छुटाउन नहुने उनको सुझाव छ । प्रदर्शनीमा बजारको भन्दा सुलभ मूल्यमा फूलहरू पाइने उनको भनाइ छ ।
उनले भने, ‘पुष्पमा रमाउने साथीहरू हुनुहुन्छ पुष्पमा घर सजाउनेदेखि लिएर विभिन्न प्रकारका नयाँ नयाँ बिरुवा खोजी गर्नुहुन्छ भने हाम्रो यस गोदावरी मेला जावलाखेलमा उपस्थित भइदिएर हजुरहरूले विभिन्न खालका बिरुवाहरू छानेर, हजुरहरूलाई सुलभ मूल्यमा यस मेलाले विशेष प्रायोजनका साथ जुन हामीले प्रदर्शनी गरेका छौँ त्यसमा हजुरहरू सहभागी भइदिएर लगिदिनु हुन अनुरोध गर्दछु ।’
फूल फुल्ने, फूल नफुल्ने र फलहरू गरी तीन प्रजातिका बिरुवाहरू आफूसँग उपलब्ध रहेको अर्का फूल व्यवसायी शुसील खड्काले बताए । प्रदर्शनी प्रतिस्पर्धात्मक भन्दा व्यापारिक प्रयोजनका लागि भएको बताए । आफूसँग सयदेखि पचास हजारसम्मका बिरुवाहरू उपलब्ध रहेको बताउँदै उनले आफूmसँग पच्चिसदेखि तीस प्रजातिका बिरुवाहरू उपलब्ध रहेको बताए ।
उनले भने, ‘हामीसँग स्टलमा फ्लावरिङ्ग, नन फ्लावरीङ्ग र फ्रुट्सहरु सबै नै हामीले समेटेर राखेका छौ, किनभने यो प्रतिस्पर्धात्मक भन्दा पनि व्यापारिक प्रयोजनका लागि गरिएको मेला भएका कारणले हामीले व्यापारिक प्रयोजनकै लागि भनेर हामीले हामीसँग फलफूलका पच्चिस, तीस भेराइटि भन्दा बढी छन् । फुmल फुल्ले बिरुवाहरू जसमा इनडोर, आउटडोर दुई वटा गरेर हामीसँग त्यही अठार बिस थरी ल्याउन सकेका हुन सक्छौ हामीले यहाँ । हामीसँग भएकामध्ये केही बिरुवाहरू हामीसँग चालिस पचास हजारसम्मका पनि ल्याएका छौँ यहाँ र सय रुपैयाँ मिनिमममा चाहिँ थेरैमा हामीले सयदेखिको बेच्ने बिरुवाहरू लिएर आएका छाैँ ।’
असोज २९ देखि सुरु भएको मेला कार्तिक २ गतेसम्म चल्नेछ । पाँच दिनसम्म सञ्चालन हुने यस गोदावरी फूलको प्रदर्शनीमा चालिस हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने आँकलन आयोजकको छ । साथै एक करोड तीस लाख भन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया