जनस्वराज पार्टी मधेस प्रदेशमा तटस्थ बस्ने

लोकपथ
329
Shares

 काठमाडौं । राजस्व पार्टी मधेस प्रदेशमा तत्काल तटस्थ बस्ने भएको छ । 

जनमत पार्टी छोडेर नवगठित राजस्व पार्टीमा लागेका मधेस प्रदेशका निःवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले तत्काल तटस्थ बस्ने बताएका हुन्  । 

जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर निःवर्तमान मुख्यमन्त्री सिंहले अहिले आफ्नो दल तटस्थमा बस्ने जानकारी दिए । 

अहिले सनाखत पक्रिया चलिरहेको समयमा कुनै एक पक्षलाई समर्थन दिने पक्षमा आफूहरू नरहेको बताए । 

सिंहले आफूहरू अहिले तत्काल कुनै पक्षमा नरहे पनि रचनात्मक भूमिका खेल्ने कुनै पनि पक्षलाई समर्थन जनाउन आफूहरू तयार रहेको बताए । 

साथै आफ्नो कार्यकालमा भएका कामहरूको फेहरिस्त सुनाउँदै युवाहरूमा देखिएको आक्रोश र उनीहरूको अपेक्षा पूरा गर्नतर्फ सरकार लाग्नुपर्ने सुझाव समेत दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?