बाँके । खजुरा गाउँपालिका–७, चाइना भट्टा बस्ने २४ वर्षीय रोहित बढैको करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार, रोहित नेपालगंज उपमहानगरपालिका–१९, सुर्जेगाउँस्थित घरमा जडान गरिएको इन्भर्टरको तार छुटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रालि, नेपालगंजमा ल्याइएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया