काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी पुस्ताका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खरेलले आन्दोलनले उठाएका मुद्दा आगामी पाँच महिनाभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘अब सञ्चार मन्त्रालयमा मेरो पाँच महिनाको अवधि बाँकी छ । कति गर्न सकिन्छ थाहा छैन, तर जानेर, बुझेर, नियतबस खराब केही गर्ने छैन । बरु जस्तो आएको थिएँ त्यस्तै फर्किन्छु । अबको पाँच महिनामा जेनजी आन्दोलनले दिएका म्यान्डेट पूरा गर्नुपर्नेछ ।’
मन्त्री खरेलले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न दृढ रहेको पनि बताए । उनले भने, ‘ जेनजी युवाहरूका माग पूरा गर्न सुशीला कार्की नेतृत्वको नागरिक सरकारले पाएको म्यान्डेट कार्यान्वयन गर्न अहोरात्र काम भइरहेको छ ।
सरकारको यो कदमले युवा आन्दोलनबाट उठेका मुद्दाहरू सम्बोधन गर्दै पारदर्शिता र जिम्मेवार शासनको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया