तिहारको आगमनले सजिँदै बजार, बढ्दै चहलपहल [फोटोफिचर]

लोकपथ
42
Shares

काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । काठमाडौंको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा अझ बढी चहलपहल देख्न सकिन्छ ।

तिहारका लागि चाहिने सामान किन्नेदेखि बजार हेर्न आउने मानिसको भीड छ । सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने काम बढ्दैछ ।

बजारमा भाइ मसला, विभिन्न रंग, फूलमाला, कपडासम्मको रौनक छ । तिहारमा टीका लाउन/लगाउन जानेहरुले त सप्तरंगी टीकादेखि भाइ मसलासम्म किन्न भ्याइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?