काठमाडौं । माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिवसमेत रहेका साहले आफूले पार्टी परित्याग गरेको जनाएका छन् । उनले आफू माओवादी केन्द्रको साधारण सदस्य पनि नरहेको बताएका छन् ।
माओवादीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले पार्टी छाडेको उनको भनाइ छ । साहले २०७४ मा आफू नेतृत्वको नेकपा (संयुक्त) लाई माओवादीमा विलय गराएका थिए ।
पूर्वमन्त्रीसमेत रहेका साहले सन् १९७३ मा रसियाको लोभोभ विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातक गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया