काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
मंगलबार सुरु भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै स्थगित गरिएको थियो । बुधबार बैठक राखिएन तर बिहीबारका लागि बैठक बोलाइएको छ । मंगलबार केन्द्रीय समितिको बैठकमा देउवाले सम्बोधन गर्दै कार्यवाहक सभापति उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका थिए ।
केन्द्रीय समितिको उक्त बैठकमा देउवाले गरेको सम्बोधन कार्यकारी पदमा रहेर गरेको सम्बोधनको अन्तिम भाग हुने आँकलन गर्दै बैठक स्थगित गरी पार्टीका कुनै पनि गतिविधि गरिएनन् । बैठक आजका लागि बोलाइएको छ । बैठकले पार्टी विशेष महाधिवेशनमा जाने वा नियमित गर्ने, १४औँ महाधिवेशनका बहुसंख्यक प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई बुझाएको हस्ताक्षर, निर्वाचन वा संसद् पुनःस्थापना बारेमा निर्णय गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया