एमाले केन्द्रीय कमिटी बैठक : ५० केन्द्रीय सदस्यले राखे धारणा

लोकपथ
994
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठकको पहिलो दिनको बैठक सम्पन्न भएको छ ।

ललितपुर, जावलाखेलको भनिमण्डलस्थित रामबाघ महलमा आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राखेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गरेको राजनीतिक परिस्थिति र नीतिसम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव राखेको बताए ।

उनका अनुसार केन्द्रीय सदस्यहरुले अन्तरिम सरकार, प्रतिनिधिसभा विघटनका सम्बन्धमा महत्वपूर्ण सुझाव दिएका छन् । राजनीतिक प्रतिवेदनमाथिको सुझाव दिनका लागि केन्द्रीय सदस्यलाई तीन मिनेटको समय तोकिएको छ । प्रचार विभाग प्रमुख गौतमले तीन मिनेटभित्र राख्न नसकेको कुरा लिखित रुपमा प्रस्तुत गर्न अनुरोध गरिएको बताए । उनले भोलि बिहान ८ बजेदेखि बैठक पुनःसुरु हुनेछ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ । बैठक यही असोज ३१ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?