घोषणापत्र नयाँ कि पुराना ? यस्ता छन् २५ वर्षयताका घोषणापत्र

काठमाडौँ, २२ कात्तिक- ०६४ कै चुनावी घोषणापत्रमा दलहरूले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरेका थिए । तर, घोषणाको एक दशक बितिसक्दासमेत मुलुकले एक हजार मेगावाट बिजुली पनि उत्पादन गर्न सकेको छैन नयाँ पत्रिकामा खबर छ – कांग्रेस र एमालेले ०४८ सालमै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बिजुलीबाट चल्ने रेल र ट्रलीबस चलाउने नारा बनाएका थिए । तर, हालसम्म पनि पूर्व–पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छैन कांग्रेस र एमालेले ०४८, ०५१ र ०५६ कै चुनावमा पाँच वर्षभित्र सबै जिल्ला सदरमुकाममा मोटरबाटो पुर्‍याउने प्रतिबद्धता गरेका थिए । तर, घोषणाको झन्डै दुई दशक पुग्नै लाग्दासमेत पूरा हुन सकेको छैन । अझै डोल्पा र हुम्ला सदरमुकाममा मोटरबाटो पुगेको छैन कांग्रेस र एमालेले ०५६ र ०६४ को चुनावी घोषणापत्रमा काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माण गर्ने घोषणा गरेका थिए । माओवादीले पनि यो नारा ०६४ यता दोहोर्‍याउँदै आएको छ । तर, अहिलेसम्म पनि यो सडकको निर्माण सुरु भएको छैन तीन ठूला दलले ०६४ को निर्वाचन घोषणापत्रमा १० वर्षभित्र वार्षिक पर्यटन आवागमन २०–२५ लाख पुर्‍याउने उल्लेख गरेका थिए । तर, घोषणाको १० वर्ष बितिसक्दासमेत आठ लाख पर्यटक नेपाल भित्राउन सकिएको छैन । यसपालि पनि दलहरूले त्यही पुरानो महत्वाकांक्षा दोहोर्‍याएका छन् कांग्रेस र एमालेले ०५१ र ०५६ कै चुनावमा काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेका थिए । पछि यो नारामा माओवादी थपियो । तर, हालसम्म पनि निर्माण सुरु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?