भोटेबहालको म्याक्स लाइटिङ इन्टरप्राइजेजमा राजश्वको छापा

लोकपथ
1.1k
Shares

काठमाडौं । काठमाडौंको भोटेबहालमा रहेको म्याक्स लाइटिङ इन्टरप्राइजेजमा आन्तरिक राजश्व कार्यालयले छापा मारेको छ । बुधबार आन्तरिक राजश्व कार्यालय न्युरोडले म्याक्समा छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।

आन्तरिक राजश्व विभाग स्रोतका अनुसार म्याक्स लाइटिङ इन्टरप्राइजेजले कर छली गरेको उजुरी परेको र आन्तरिक छानबिनमा कैफियत पाइएपछि करदाताको फर्ममै गएर कागजात नियन्त्रणमा लिइएको हो । बुधबार आन्तरिक राजश्व कार्यालय न्युरोडले भोटेबहालमा रहेको म्याक्स लाइटिङ इन्टरप्राइजेजको कार्यालयमा छापा मारी कागजात र खाता नियन्त्रणमा लिएको हो ।

राजश्व कार्यालयले म्याक्स लाइटिङ इन्टरप्राइजेजको विगत ३ वर्षको खरिद तथा विक्री खाताको बिल तथा तिनका प्रतिलिपि लगायतका कागजात नियन्त्रणमा लिएको हो ।

आन्तरिक राजश्व कार्यालय न्युरोड शाखाका अनुसार आन्तरिक राजश्व विभागबाटै अनुसन्धानका लागि पत्र आएपछि कर कार्यालयले बुधबार म्याक्सको कार्यालयमा छापा मारेको हो ।

म्याक्सले खरिद तथा विक्रीको वास्तविक विवरण नराखी कर छली गर्ने उद्देश्यले नक्कली बिल बनाएको हुनसक्ने भन्दै अनुसन्धान सुरु भएको हो । म्याक्सलाई आफ्नो प्रमाण लिएर आउन आन्तरिक राजश्व कार्यालयले बिहीबारको समय दिई कार्यालयमा उपस्थित हुन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?