एमालेसँगको सहकार्यबारे के भन्छन् प्रचण्ड ?

लोकपथ
350
Shares

धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित एकता बारे खुलेर प्रतिक्रिया दिएका छन् ।

धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा युवा र पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै प्रचण्डले आगामी निर्वाचनलाई माओवादीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए ।

‘अबको माओवादीको लाइन भनेको चुनाव हो, ‘उनले भने। उनले तिहारपछि समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रियामा अघि बढ्ने जानकारी दिए ।

एमालेसँग सम्भावित एकताको प्रश्नमा प्रचण्डले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन । तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।’

कार्यक्रममा सहभागी युवा तथा नेताकार्यकर्ताहरूसँगको छलफलमा प्रचण्डले युवा पुस्ता माओवादीको विचार र मार्गदर्शनप्रति पुनः विश्वास गर्न थालेको दाबी गरे ।

‘अहिले नयाँ जेनेरेसनका युवाहरूसँग पनि छलफल भइरहेको छ । उनीहरूले माओवादीको बाटो सही रहेछ भन्ने बुझ्न थालेका छन्, ‘प्रचण्डले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?