चीन । पूर्वी चीनको शानडोङ प्रान्तको लियाओछेङ शहरस्थित छिपिङ क्षेत्रमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
३७ वर्षीय चालक दु नामक व्यक्ति मद्यपान गरी यात्रुबाहक गाडी चलाइरहेका बेला दुर्घटना भएको बताइएको छ । राति करिब १०स्४६ बजे उनले चलाएको गाडीले धेरै इलेक्ट्रिक साइकलहरूलाई ठक्कर दिएको थियो।
घटनास्थलमै एक जनाको मृत्यु भएको र बाँकी सात जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।
घाइते ४ जनाको अवस्था स्थिर रहेको बताइएको छ । चालक दुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया