शेयर बजार २२.५८ अंकले घट्यो

लोकपथ
14
Shares

काठमाडौं । शेयर बजार आज दबाबमा रहेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.५८ अंकले घट्दै २५०५ अंकमा पुगेको छ । दिनभर घट्दो क्रममा नेप्से २४९९ अंकसम्म झरेको थियो, तर अन्तिम मिनेटमा ६ अंकको सुधार आएपछि सूचक थोरै उठेको छ।

आज बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब १० करोड रुपैयाँ मात्र कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा ४० कम्पनीको मूल्य बढ्दा २०६ कम्पनीको घटेको र ५ कम्पनीको मूल्य स्थिर रहेको छ । म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटेका छन् । म्युचुअल फन्ड सूचक ०.२४ प्रतिशतले बढ्दा, सबैभन्दा धेरै गिरावट व्यापार समूहमा २.०९ प्रतिशत देखा परेको छ।

बैंकिङ ०.५४, विकास बैंक १.१४, फाइनान्स १.१०, होटल तथा पर्यटन १.०६, हाइड्रोपावर १.१८, लगानी ०.९८, जीवन बीमा ०.७५, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स ०.५६ प्रतिशत घटे । त्यस्तै निर्जीवन बीमा ०.६५ र अन्य समूह १.२२ प्रतिशत घटे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?