धनकुटामा बस दुर्घटना, दुई जनाको मृत्यु

लोकपथ
175
Shares

काठमाडौं । धनकुटामा बुधबार दिउँसो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटना हुँदा महालक्ष्मी-७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

बसमा ३० जना सवार रहेका मध्ये ६ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको उपचार धनकुटा जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?