मधेस प्रदेशमा कांग्रेसका यादवले पनि गरे मुख्यमन्त्रीमा दाबी पेस

लोकपथ
952
Shares

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन् । उनले ५८ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी प्रस्तुत गरेका हुन् ।

यादवको पक्षमा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २८ र जनमत पार्टीका १३ सांसदको हस्ताक्षर छन् । यादवसँगै एमाले संसदीय दलका नेता सरोजकुमार यादवसहितका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

यसअघि लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन जनमतसहित ६ दलले ५७ सांसदको समर्थनसहित दाबी पेस गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?