काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७ गतेदेखि गर्नेगरी प्रस्ताव पेस भएको छ ।
आजबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव पेस गरेका हुन् । प्रस्ताव अनुसार मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन हुनेछ ।
त्यस्तै त्यसबारे केन्द्रीय कमिटी बैठकले औपचारिक रुपमा महाधिवेशनको मिति टुंगो लगाउने बताइएको छ ।
जेनजी आन्दोलनपछि अन्य दलमा नेतृत्व परिवर्तनको कुरा उठे पनि एमालेमा अहिलेसम्म उक्त विषय उठ्न सकेको छैन । ओलीले एमालेको नेतृत्व फेसबुकको आधारमा नभइ एमाले केन्द्रीय कमिटीको निर्णयका आधारमा हुने समेत बताउँदै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया