जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

लोकपथ
567
Shares

काठमाडौं । बाँकेमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । राप्तीसोनारी गाउँपालिका-२ मधुवा बस्ने २४ वर्षीय लक्ष्मण खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो  । 

लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कचनापुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?