राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्षबिच भेटवार्ता

लोकपथ
154
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । आज शीतल निवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५१औँ महासभामा नेपालको सहभागिता र आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।

विश्वभरका १८१ देशका सांसदहरू सदस्य रहेको आईपीयूको १५१औँ महासभा यही अक्टोबर १९ देखि २३ तारिखसम्म स्वीट्जरल्यान्डको जेनेभामा हुँदैछ ।

महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालको नेतृत्वमा संघीय संसद्को एक प्रतिनिधि मण्डल सहभागी हुँदैछ ।

यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि आईपीयू महासभा तथा राष्ट्रियसभा निर्वाचनबारे छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?