काठमाडौं । नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ । काउन्सिलका अनुसार असोज २६ गते दिउँसो करिब २ बजेबाट वेबसाइटमा अनधिकृत पहुँच भएको पाइएको हो ।
काउन्सिलले वेबसाइट ह्याक भएको पुष्टि गरे पनि महत्वपूर्ण डेटा भने सुरक्षित रहेको जनाएको छ । साथै ह्याकरको पहिचान र आइपी एड्रेस ट्रेस गर्ने प्रक्रिया सुरु गरिएको छ ।
काउन्सिलको सूचना प्रविधि (आईटी) टोलीले प्रारम्भिक अध्ययनमा केही फाइलहरू ह्याकिङबाट प्रभावित भए पनि डेटा परिवर्तन वा सम्पादन नभएको दाबी गरेको छ ।
साइबर ब्युरोले समेत फोरेन्सिक प्रमाणहरूको आधारमा घटना सम्बन्धी अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया