संसद् विघटनबारे छलफल गर्न सभामुखले बोलाए बैठक

लोकपथ
2k
Shares
फाइल तस्बिर

काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् विघटनको विषयमा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठकमा बोलाएका छन् । 

बैठक भोलि बिहान ९ बजे सिंहदरबारस्थित सभामुखको कार्यालयमा बस्नेछ ।

सभामुख घिमिरेले राजनीतिक दलसँगै कानुन व्यवसायी र विज्ञहरूसँग पनि संसद् विघटनको राय लिइरहेका छन् ।

संसद् विघटन असंवैधानिक भएपछि कांग्रेस एमालेबाहेक अरू दल निर्वाचनमा जानुको विकल्प नभएको पक्षमा उभिएका छन्। । यस विषयमा सर्वोच्च अदालतमा रिट दर्ता भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?