एक लाख रुपैयाँ बराबरको पटकासहित तीन जना पक्राउ

लोकपथ
203
Shares

काठमाडौं । बाँकेमा एक लाख रुपैयाँ बराबरको पटकासहित तीन जना पक्राउ परेका छन् । जानकी गाउँपालिका-१ साईगाउँबाट गए राति प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरू भारतको बहाराईच रूपैडिया निवासी २५ वर्षीय तशवर अली, ३२ वर्षीय मोहम्मद हसिन र ३० वर्षीय युनुस राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई दुई वटा साइकलमा भारतबाट पटका बोकेर नेपालतर्फ ल्याउँदै गर्दा फेला पारेको थियो । प्रहरीले बरामद गरेको पटकाको मूल्य करिब एक लाख रुपैयाँ रहेको जनाएको छ।

घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?