काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई आह्वान गरेकी छन् ।
उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न निर्देशन दिएकी हुन् ।
आजै प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिनुपर्ने दिनमा सदनमै राजीनामा दिएका थिए । उनका राजीनामापछि प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
प्रदेश प्रमुखको यो आह्वानसँगै दलहरूले नयाँ सरकार गठनका लागि तालमेल र वार्ता प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया