विपिनको डीएनए परीक्षण : दुई वर्षअघि नै हत्या भएको पुष्टि

लोकपथ
4.3k
Shares

काठमाडौं । हमासले अपहरण गरेका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या भएको खुलेको छ ।

 इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणले सन् २०२३ को अन्त्यतिर नै विपिनको मृत्यु भएको पुष्टि गरेको हो ।

इजरायलस्थित नेपाली दूतावासले विपिनको प्राकृतिक मृत्यु नभई हत्या गरिएको रिपोर्ट प्राप्त भएको जनाएको छ ।

दूतावासका अनुसार, उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले इजरायली सैनिक अस्पतालमा पुर्‍याएर डीएनए परीक्षण गराएको थियो ।

कञ्चनपुरका विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा अध्ययनका क्रममा इजरायलमा रहेका बेला हमासले गरेको आक्रमणमा बन्धक बनेका थिए । सो दिन १० जना नेपाली विद्यार्थी मारिएका थिए भने विपिनलाई हमासका लडाकुहरूले अपहरण गरेका थिए ।

डेढ वर्षसम्म उनी बेपत्ता रहँदा सोमबार मात्र इजरायली सेनाले उनको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको हो ।

युद्धविरामपछि बन्दी सटही अन्तर्गत हमासले सोमबार विपिनको शव इजरायली अधिकारीहरूलाई हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?