काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले ५ पटक मुलुकको नेतृत्व गर्ने अवसर पाए पनि समय धेरै नपाएको बताएका छन् ।
आज पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सो कुरा बताएका हुन् ।
देउवाले आफूले ५ पटक प्रधानमन्त्री बन्ने अवसर पाए पनि त्यो समय एक कार्यकाल बराबर मात्रै रहेको बताए । साथै कतिपय अवस्थामा आफूले चुनावी सरकारको नेतृत्व गरेका कारण धेरै काम गर्न नसकेको बताए ।
‘मैले छोटो छोटो समयका लागि भए पनि पाँच पटक प्रधानमन्त्री हुने अवसर पाएँ । पाँच पटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिएँ । तर पनि मैले कतिपय क्षेत्रमा कोशेढुंगाको काम गरेको तपाईँहरूलाई अवगत नै छ,’ सभापति देउवाले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै भने ।
जेनजी आन्दोलनपछि घाइते भएका देउवा पहिलो पटक मंगलबार सार्वजनिक भएका हुन् । देउवाले आजैको बैठकबाट उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । साथै आगामी महाधिवेशनपछि आफूले नेतृत्व पूर्णरुपमा हस्तान्तरण गर्ने समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया