काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकका लागि नवलपुरस्थित अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।
बैंक र रिसोर्टबीच भएको उक्त सम्झौता अनुसार बैंकका ग्राहकले डिजिटल भुक्तानीमार्फत सेवा लिँदा अधिकतम १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
सम्झौताअनुसार, आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट सुविधा प्राप्त गर्न सकिनेछ । उक्त सुविधा लिनका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (Mobile Banking App) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार, यस सहकार्यले ग्राहकलाई छुटको सुविधा दिने मात्र नभई डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै नगदरहित कारोबार संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया