देउवाले पूर्णबहादुर खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी

लोकपथ
2.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

आजबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा विकसित घटनाक्रमबारे आफ्नो वक्तव्य जारी गर्दै देउवाले कार्यवाहक दिएका हुन् ।

जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक रुपमा देखिएका हुन् ।

आन्दोलनपछि घाइते अवस्थामा रहेका देउवा सार्वजनिक रुपमा नदेखिए पनि नेताहरुसँग छलफल गरेका थिए । व्यापक रुपमा नेतृत्व परिवर्तनको आवाज उठिरहेका बेला देउवाले कार्यवाहक तोकेका हुन् ।

त्यस्तै कांग्रेसमा आगामी नयाँ नेतृत्व चयनका लागि नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको समेत आवाज उठिरहेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले देशभर हस्ताक्षर अभियान नै चलाएर विशेष महाधिवेशनको दबाब समेत दिइरहेको छ ।

देउवाले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्र्दै आन्दोलनका क्रममा आफ्नो ज्यान बचाउने सुरक्षाकर्मीसहित अन्य सुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

साथै उपचारपछि बोल्दा अझै आफूलाई चक्कर आइरहेको र स्वास्थ्यले साथ नदिएको भन्दै देउवाले पूर्णबहादुरलाई कार्यवाहकको जिम्मेवारी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?