काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी मुख्यालय सानेपा पुगेका छन् ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा पहिलोपटक सार्वजनिक रुपमा देखिएका हुन् ।
देउवा सानेपा जाने भएसँगै त्यहाँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । साथै अन्य व्यक्तिहरुलाई समेत प्रवेशमा रोक लगाइएको छ ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा दम्पत्ति पहिलोपटक सार्वजनिक रुपमा देखिएका हुन् ।
आजबाट कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको छ । आजबाट सुरु हुने बैठकमा पार्टीको महाधिवेशनबारे कुरा हुने समेत बताइएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने आगामी मंसिरमै नियमित महाधिवेशन गर्नेगरी प्रस्ताव लैजानुपर्नेमा जोड दिएका छन् । तर सभापति देउवाले भने त्यसलाई अस्वीकार गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया