काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा केहीबेरमा सुरु हुँदैछ ।
जेनजी आन्दोलनकारीहरुले आफ्नै निवासमा सांघातिक आक्रमणबाट घाइते भएका सभापति शेरबहादुर देउवा पनि सो बैठकमार्फत पहिलो पटक सार्वजनिक हुन् लागेका हुन् ।
सभापति देउवा बैठकमा सहभागी हुनेभएपछि नेपालीको कांग्रेसको मुख्यालयमा कठा सुरक्षा प्रबन्ध गरिएको छ । प्रहरीको साथ नेपाली कांग्रेसका युवा संगठन तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले मुख्यालयमा सुरक्षा दिइरहेका छन् ।
बैठकमा नेताहरूले सभापति देउवालाई पद छोड्न र समयमा नै नियमित महाधिवेशन गराउन दबाब दिने बताइएको छ । बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरू, आमन्त्रित सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरू सहभागी हुनेछन् । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया