संसद पुनस्थापना गरी संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्छ : डा. चन्द्र भण्डारी

लोकपथ
3.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संविधान संशोधन गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसको आजबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकमा भाग लिन सानेपा पुगेका भण्डारीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् । फागुन २१ का लागि तोकिएको निर्वाचनमा यही प्रणाली लिएर अघि बढेमा पुनः उही अस्थिर प्रवृत्ति हाबी हुने भन्दै संसद पुनस्थापना गरेर त्यसैबाट संविधान संशोधन गरी अघि बढ्नुपर्ने बताए ।

‘संसद पुनस्थापना गरेर यी त्यसैबाट संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्दछ । त्यसो भयो भने सबैले भनेको माग पूरा हुन्छ । नत्र अब हुने निर्वाचनबाट उही प्रवृत्ति दोहोरिन्छ,’ उनले भने ।

संसद पुनस्थापनाको माग जेनजीले मान्छन् ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘त्यसमा जेनजीले मान्छन्, सबै नेपालीहरुले मान्छन्, नमान्ने त बिचौलियाहरुले हो नि ! जसले मुलुकलाई अस्थिरता बनाउनुछ, जसले तहसनहस बनाउनुछ उनीहरुले पो मान्दैनन् त । जेनजी हाम्रा छोरा हुन्, जेनजी भनेको हाम्रो घरघरका हुन् नि त ! घरघरबाट निस्किएका हुन् नि जेनजी भनेका त, त्यसकारण जेनजीले मान्छ ।’

नेता भण्डारीले समय अनुसार कांग्रेसको नेतृत्व परिवर्तन हुने बताए । साथै संविधान संशोधन गरेर निर्वाचनमा नगए पुनः केही नेताहरुको मुठ्ठिभरबाट पुनः मुलुक चल्ने भन्दै त्यसलाई अन्त्य गर्न संविधान संशोधन अपरिहार्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?