काठमाडौं। नेपाल एयरलाइन्सले आगामी (अक्टोबर १९) कार्तिक २० का लागि तय गरिएको काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरेको छ ।
निगमका प्रवक्ता सुवास डाँगीले सोमबार जारी विज्ञप्तिमार्फत नियमित उडान तालिकाअनुसार तय गरिएको उक्त उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिएका हुन् ।
निगमका अनुसार उक्त उडानका सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थित गरिएको छ ।
नेपाल एयरलाइन्सले काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं सेक्टरमा नियमित उडान सञ्चालन गर्दै आएको छ। निगमका अनुसार अक्टोबर १६ का लागि काठमाडौं–ग्वाञ्जाओ उडानमा ६८ यात्रु र अक्टोबर १७ का लागि ग्वाञ्जाओ–काठमाडौं उडानमा ४१ यात्रुको टिकट बिक्री भइसकेको छ ।
त्यसैगरी, अक्टोबर २३ का लागि काठमाडौं–ग्वाञ्जाओ उडानमा ९३ टिकट र अक्टोबर २४ का लागि ग्वाञ्जाओ–काठमाडौं उडानमा २० टिकट बिक्री भइसकेको निगमले जनाएको छ ।
यसैबीच, केही सञ्चारमाध्यममा उक्त उडान यात्रु संख्या कम भएको कारणले रद्द गरिएको भन्ने समाचार प्रकाशित भएकोप्रति निगमले ध्यानाकर्षण जनाएको छ । निगमका प्रवक्ता डाँगीका अनुसार ग्वाञ्जाओ नेपालका लागि नयाँ गन्तव्य भएकाले सो गन्तव्यको प्रचार–प्रसार पूर्ण रूपमा भई नसकेको छैन ।
निगमले यात्रु बुकिङ क्रमशः बढ्दै गएको भन्दै उक्त नयाँ सेक्टर प्रवर्द्धनका लागि सञ्चारमाध्यमलगायत सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया