अमेरिकामा किन हुन्छन् हत्याका घटना ?

बन्दुक कानुनमाथि राम्रै नियन्त्रण गर्ने अमेरिकी राज्यमा अपेक्षाकृत रूपमा हिंसा कम भएका छन् भने फितलो कानुन भएका राज्यमा हिंसाका घटना केही बढी नै भएका छन्आधुनिक अमेरिका इतिहासका पाँच सबैभन्दा जघन्य गोली प्रहारका घटना पछिल्ला १६ महिनामा भएका छन् । यसको सुरुवात १९४९ मा न्युजर्सीको क्यामडनमा भएको घटनाबाट भएको थियो । जसमा १३ मानिसको ज्यान गएको थियो । सो घटनामा एक पूर्वसैनिक हावर्ड अनरुले आफ्ना छिमेकीमाथि गोली बर्साएका थिए, बिबिसीको सामग्री नयाँ पत्रिकामा छापिएको छ |यसपछि कैयौँ दशक यो संख्या बढ्दै गयो । यस्तै घटनामा १९६६ मा टेक्ससको अस्टिनमा १६ र १९८४ मा क्यालिफोर्नियाको सनइसाइड्रोमा २१ को ज्यान गएको थियो । तर, विगत केही महिना विशेष रूपमा कठोर रहे । यसबीच दुई आक्रमण भए । लास भेगासमा ५८ मानिसको ज्यान ग्यो र टेक्ससको सदरल्यान्ड स्प्रिंग्स क्षेत्रमा २६ मानिसको मृत्यु भयो । यसअघि जुन २०१६ मा ओरल्यान्डो नाइटक्लबमा भएको गोलीकाण्डमा ४९ को मृत्यु भएको थियो यस प्रकारका घटनाका कारण कैयौँ छन् र जटिल पनि छन् । अमेरिका र बाँकी विश्वका मानिस यस प्रकारका हिंसालाई बुझ्न संघर्ष गरिरहेका छन् । यहाँका विश्लेषक ती कारकमाथि चर्चा गरिरहेका छन्, जो यस्ता विकट रूपमा बढ्दो मृत्युको संख्याका कारण हुन सक्छन् । यस प्रकारका आक्रमणकारी अब यस्ता बन्दुक प्रयोग गरिरहेका छन्, जसको म्यागेजिनको क्षमता अत्यन्त धेरै हुने गर्छ । यसबाट उनीहरू एकसाथ रिलोड नगरीकनै दर्जनौँ राउन्ड गोली चलाउन सक्छन् हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका डेभिड हेमेनवेका अनुसार कम समयमा धेरै मानिसमाथि गोली चलाइराखिएको छ र उनीहरूमाथि एकसाथ कैयौँ गोली प्रहार भइरहेका छन् । २०१२ मा कनेक्टिकटको न्युटाउनमा २६ मानिसको ज्यान लिने एडम लान्जा र कोलोराडोको अरोरामा १२ को हत्या गर्ने जेम्स होल्म्सले यस्तै विशेषता भएका हतियार उपयोग गरेका थिए । तथ्यांक बताउँछन्— एसल्ट राइफलको उपयोगबाट आक्रमणमा मृत्यु हुनेको संख्या बढ्ने गर्छ शोधकर्ताले कानुनको अध्ययन पनि गरेका थिए । ठूलो म्यागेजिनवाला सेमिअटोमेटिक एसल्ट हतियारमाथि १९४९ मै प्र्रतिबन्ध लगाइएको थियो । तर, २००४ मा यो प्रतिबन्ध हटाइएको थियो । जानकारका अनुसार प्रतिबन्ध हटेपछि यी सामूहिक हत्याकाण्डमा नयाँ चरण आएको छ । यी हतियारको सहयोगबाट आक्रमणकारीले छिटोछिटो र पर्याप्त समयसम्म गोली प्रहार गर्न सक्छन् र बढीभन्दा बढी मानिसको ज्यान लिन सक्छन् यसका साथै प्रान्तहरूको आआफ्ना अलग कानुन पनि छन् । २०१२ को घटनापछि कनेक्टिकट प्रान्तमा एक नयाँ कानुन पास गरेर सेमिअटोमेटिक राइफलमाथि प्रतिबन्ध लगाइएको थियो । यद्यपि बाँकी प्रान्तमा आफ्नो बन्दुक कानुन थप लचिलो बनाइएका छन् । उदाहरणका रूपमा जर्जियामा एक कानुन बनाइयो । जसअनुसार स्कुलको कक्षा, नाइटक्लब र यस्ता कैयौँ स्थानमा हतियार बोक्न सकिने भयो । गिफोर्डस ल सेन्टर टु प्रिभेन्ट गन भायलेन्सका विशेषज्ञले लेखेका छन् कि बन्दुक कानुनमाथि राम्रै नियन्त्रण गर्ने प्रान्तमा अपेक्षाकृत रूपमा हिंसा कम भएको छ आक्रमणको स्थानअब आक्रमण यस्ता स्थानमा भइरहेका छन्, जहाँ ठूलो संख्यामा मानिस उपस्थित भएका हुन्छन् । जस्तै, लास भेगासको कन्सर्टमा करिब २२ हजार मानिस उपस्थित थिए । युनिभर्सिर्टी अफ सेन्ट्रल फ्लोरिडाका जे कार्जिन भन्छन्— यस प्रकारको भिड भएको अवस्थामा आक्रमणकारीलाई निसाना लगाइरहनु पर्दैन यस प्रकारका आक्रमणको अध्ययन गर्ने संस्था ‘होमिसाइड स्टडिज’ को भनाइ छ कि यस्ता अधिकांश आक्रमणकारीले अब निकै सोचविचारसाथ आक्रमणको योजना बनाइरहेका छन् । कार्जिनका अनुसार उनीहरू आफ्नो ‘होमवर्क’ निकै राम्ररी गर्ने गर्छन् । युनिभर्सिटी अफ अलाबामाका एडम ल्याकफोड भन्छन्– २०१२ मा कोलोराडाका अरोरामा ब्याटम्यानको स्क्रिनिङको क्रममा गोली बर्साउने आक्रमणकारीलाई लागेको थियो कि एक फिल्म थिएटरमा गोली बर्साएर उसले बढीभन्दा बढी मानिसको ज्यान लिन सक्छ मिडिया कभरेजयस प्रकारका नरसंहारको मिडिया कभरेज हालैका वर्षमा निकै बढेका छन् । कैयौँ आक्रमणकारीले आक्रमणभन्दा अघि र आक्रमणको क्रममा पनि सामाजिक सञ्जालमा यसबारे लेखेका थिए । कैयौँ पत्रकारले प्रायः आक्रमणकारीसँग सम्बन्धित कथा प्रकाशनमा ल्याउने गरेका छन् । उनीहरूको जिन्दगीको कथा र आनीबानीबारे पनि लेख्ने गरिन्छ । परिणामतः हामीले जानीनजानी कहिलेकाहीँ आक्रमणकारीको महिमा–मण्डन गरिरहेका हुन्छौँ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?