‘पेप्सी दसैँ भाइब्स’ प्रतियोगिता : यी हुन् ३० जना भाग्यशाली विजेताहरु

लोकपथ
2.6k
Shares

काठमाडौं । पेप्सी कम्पनीका नामले परिचित बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज प्रालिले ‘पेप्सी दसैँ भाइब्स प्रतियोगिता’ सम्पन्न गरेको छ ।

पेप्सीले दसैँको अवसरमा गरेको उक्त प्रतियोगिता अन्तर्गतको ३ वटा क्वीज (हाजिरीजवाफ) का ३० जना भाग्यशाली विजेताहरुले केएफसीको मिल भौचर प्राप्त गरेका छन् । भाग्यशाली विजेताहरुलाई १ हजार ५ सय ९९ रुपैयाँ बराबरको केएफसी मिल भौचर उपलब्ध गराइएको पेप्सीले जनाएको छ ।

तीन चरणमा गरिएको प्रतियोगिताका विजयीहरुको नाम छुट्टाछुट्टै सार्वजनिक गरिएको हो । जसअन्तर्गत विजेताहरुलाई आफ्नो सम्पूर्ण विवरण ४८ घण्टाभित्र पेप्सीको आधिकारिक फेसबुक पेज तथा इन्स्टाग्राममार्फत् उपलब्ध गराउन भनिएको छ । साथै समयमा नै दाबी नगर्ने विजेताहरुलाई पुरस्कार वितरण नगरिने समेत पेप्सीले जनाएको छ ।

यी हुन् विजेताहरु :

पेप्सीले आफ्नो आधिकारिक फेसबुक फेजमा सेप्टेम्बर २६ तारिखका दिन उक्त प्रतियोगिताको बारेमा जानकारी गराएको थियो ।

२६ सेप्टेम्बर २०२५ देखि ८ अक्टोबर २०२५ सम्म सहभागि हुने प्रतियोगीहरु मात्रै सहभागी हुन पाउने भनिएको थियो ।

यस्ता थिए सर्तहरु :

प्रतियोगितामा सहभागी हुनका लागि १८ वर्षभन्दा माथिका नेपाली नागरिकले पेप्सीको आधिकारिक सामाजिक सञ्जालमा सोधिएको प्रश्नको उत्तर कमेन्टमा लेख्नुपर्ने थियो । प्रतियोगितामा सहभागी हुने व्यक्तिले आयोजकको गोपनीयता नीति स्वीकार गर्नुपर्ने सर्त राखिएको थियो ।

त्यति मात्र होइन प्रतियोगिता नेपालमा बसोबास गर्ने व्यक्तिहरूका लागि मात्र सहभागि हुने पाउने जनाइएको थियो । साथै आयोजकका कर्मचारी, तिनका परिवार सदस्य, सहायक कम्पनीहरू, विज्ञापन एजेन्सीहरू आदि सहभागी हुन नपाउने र विजेता प्रमाणिकरण प्रक्रिया पूरा गरेपछि मात्र पुरस्कार प्रदान गरिने जनाएको थियो ।

एक व्यक्तिले धेरै पटक सहभागी भए पनि केवल एक पटक मात्र जित्न योग्य हुने, स्वचालित प्रविष्टि, थोक वा तेस्रो पक्षबाट गरिएका प्रविष्टिहरू अमान्य मानिने र प्रत्येक सामाजिक सञ्जाल प्रोफाइलबाट गरिएको एक मात्र प्रविष्टि मान्य हुने सर्त राखिएको थियो ।

साथै आफूले जितेको पुरस्कार स्थानान्तरण वा अरूलाई सुम्पन नपाइने, आयोजकको निर्णय अन्तिम हुनेछ र कुनै अपील मान्य नहुने सर्त अघि सारिएको थियो ।

पेप्सीले उपलब्ध गराएको सबै सर्तहरु पालना गरि सामाजिक सञ्जालबाट पुरस्कृत हुने भाग्यशाली विजेताहरुले पुरस्कार जितेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?