काठमाडौं । महिलासम्बन्धी विश्वव्यापी नेताहरूको बैठक अक्टोबर १३ देखि १४ सम्म चीनको राजधानी बेइजिङमा जारी छ । बैठकमा विभिन्न देशका उच्च पदस्थ महिला नेताहरू, नीति-निर्माता र सरोकारवालाहरू सहभागी छन् ।
बैठकमा सहभागी हुनुअघि विशेष अन्तर्वार्तामा श्रीलंकाकी प्रधानमन्त्री हरिनी अमरासुरियाले विश्वव्यापी प्रगतिमा महिला विकासको महत्त्वपूर्ण भूमिका र स्रोतहरूमा उनीहरूको समान पहुँचको आवश्यकता औँल्याइन् ।
प्रधानमन्त्री अमरासुरियाले भनिन्, ‘विश्वको जनसंख्याको आधाभन्दा बढी हिस्सा महिलाहरूको छ । त्यसैले कुनै पनि विकासका पहलमा महिलाहरूको सक्रिय भूमिका अत्यावश्यक हुन्छ ।
उनले महिला र बालबालिकाको विकासका क्षेत्रमा चीन र श्रीलंका बिचको सहकार्यको व्यापक सम्भावना रहेको उल्लेख गर्दै दुवै देशले समावेशी र दिगो विकासका लक्ष्यहरूमा हातेमालो गर्न सक्ने विश्वास व्यक्त गरिन् ।
बैठकमा सहभागी नेताहरूले समान अधिकार, आर्थिक सशक्तीकरण र लैङ्गिक समानताको प्रवर्द्धनमा केन्द्रित विषयहरूमा छलफल गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया