आज बस्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

लोकपथ
217
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ ।

जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका सभापति शेरबहादुर देउवा ३४ दिनपछि पहिलो पटक यस बैठकमार्फत सार्वजनिक हुन लागेका हुन् ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय गरिएको छ ।

बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरू काठमाडौं आइपुगेका छन् ।

गत महिना बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएपछि देउवा र उनकी श्रीमती आरजु राणा देउवा गम्भीर घाइते भएका थिए ।

आक्रमणपछि देउवा दम्पती बुढानीलकण्ठबाट सुरक्षित स्थानमा सरेर आफन्तकोमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?