मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने

लोकपथ
203
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज (मंगलबार) विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेस प्रदेश सभामा पत्र पठाउँदै विश्वासको मतका लागि आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए ।

उनले पठाएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२-०६-२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?