हमासले विपिन जोशीको शव इजरायललाई बुझायो

लोकपथ
3.7k
Shares

काठमाडौं । हमास समूहको बन्धकमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गरेको छ।

इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलका अनुसार, सोमबार राति रेडक्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई बुझाइएको हो ।

इजरायली डिफेन्सले गाजा पट्टीमा रहेका सेना (IDF) ले पनि सोमबार साँझ रेडक्रसको माध्यमबाट शवका चार बाकस प्राप्त भएको पुष्टि गरेको छ । बाकसमा विपिन जोशीका साथै गाय इलुज, योसी शरबी, डेनियल पेरेजको शव रहेका बताइएको छ।

हिजो हमासले २० जना जिवित बन्धकहरुको हस्तान्तरण गरेको थियो ।

अध्ययन र रोजगारीका लागि इजरायल पुगेका विपिन हमासले इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?