काठमाडौं । हमास समूहको बन्धकमा रहेका नेपाली विद्यार्थी विपिन जोशीसहित ४ जनाको शव आजै इजरायललाई हस्तान्तरण गरिने भएको छ ।
जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने तयारी रहेको हमासले बताएको इजरायली मिडियाहरुले जनाएका छन् ।
त्यसो त आजै हमासले २० जना जिवित बन्धकहरुको हस्तान्तरण गरेको थियो । मृत ४ जनाको शवहरू आज रेडक्रसलाई हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ।
इजरायली मिडियाका अनुसार हस्तान्तरण गरिने सूचीमा विपिन जोशीको शवसमेत छ ।
अन्य बन्धकहरूमा गाय इलुज, योसी शरबी, डेनियल पेरेज रहेको उल्लेख गरिएको छ ।
हमासले सार्वजनिक गरेको सूचीमा विपिनको नाम समेत समावेश हुँदा उनी जिवित रहेको अनुमान गरिएको थियो । तर सोमबार त्यसबारे आधिकारिक रुपमा मृत रहेको पुष्टि भएको हो ।
अध्ययन र रोजगारीका लागि इजरायल पुगेका विपिन हमासले इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया