बालेनको कविता– ‘सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन’

लोकपथ
469
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले कविता सार्वजनिक गरेका छन् ।

बालेनले कुनै शीर्षक नराखी आफ्नो सामाजिक सञ्जालबाट सोमबार साँझ कविता सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन् :

सत्यको कुनै एउटा पहिचान
कुनै नाम हुँदैन।
मिथ्याजस्तो ठूलो अभिमान,
कुनै शान हुँदैन।
जलझैँ शीतल, फूलझैँ कोमल,
सुन न पित्तल, किसानझैँ फोहर।
आकाशझैँ विशाल,
स्पर्शझैँ सूक्ष्म,
सगरमाथाझैँ हिमाल,
थोपाझैँ पूर्ण।
सत्यको कुनै दाम हुँदैन,
सत्यको दुबै कान हुँदैन ,
समर्पण हुन्छ , दान हुँदैन ,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन, नाम हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?