काठमाडौं । जेनजी आन्दोलनका क्रममा टिबेटियन ओरिजिनल ब्लड (टीओबी) अंकित टी–सर्ट लगाएर पुगेका समूहका ३ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
अभद्र व्यवहार मुद्दामा प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ६ दिनको म्याद थप गरेको छ ।
पक्राउ पर्नेमा टीओबी समूहका मुख्य मानिएका तेञ्जिङ दावासहित ३ जना रहेका छन् ।
दावाले काठमाडौंको बिजुली बजारमा पेस्तोल देखाउँदै बुलेट बाइक चलाएको देखिएको थियो । त्यो भिडियो जेनजी आन्दोलन भन्दा पहिलेकै भएको भए पनि जेनजी आन्दोलनका क्रममा उनको गतिविधिलाई लिएर प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि ‘फ्री तिब्बतीयन’ को नारा लगाएको लगायत आरोप रहेको छ ।
प्रहरीले उनले देखाएको पेस्तोल समेत बरामद गरेको छ । यद्यपि पेस्तोल नक्कली रहेको प्रहरी स्रोतको दाबी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया