काठमाडौं । मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएकी छन् ।
मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै शर्माले सोमबार पदबाट राजीनामा दिएकी हुन् ।
पत्रमा तिवारीले लेखेकी छन्, ‘मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको पदबाट आजकै मितिदेखि लागू हुने गरी यो राजीनामा पेस गर्दछु।’
तिवारी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को तर्फबाट मन्त्री बनेकी थिइन् । मुख्यमन्त्री सिंहले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्दै गर्दा मन्त्री तिवारीले राजीनामा घोषणा गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया