काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौंको सुकेधारामा अवस्थित मेरिक्युर होटलमा विशेष छुट सुविधा प्राप्त गर्ने भएका छन् ।
बैंक र होटलबीच बैंकका ग्राहकहरूले विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो ।
सम्झौता अनुसार, बैंकका ग्राहकहरूले होटलका विभिन्न सेवामा डिजिटल भुक्तानी गर्दा अधिकतम १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
ग्राहकहरूले आवास सेवामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्नका लागि बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ।
उक्त सहकार्यबाट ग्राहकहरूलाई छुट सुविधा प्रदान हुनुका साथै डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृति विस्तारमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया