नेप्से ४४ अंकले बढ्यो, सबै समूहगत सूचक सकारात्मक

लोकपथ
42
Shares

काठमाडौं । सोमबार शेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७ मा पुगेको छ। बिहान केही उतारचढाव देखिए पनि दिउँसो साढे १२ बजेपछि बजारले स्थिर वृद्धिको रफ्तार लिएको छ ।

समग्र बजार बढ्दा पनि कारोबार रकम घटेको छ। अघिल्लो दिन ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब ९७ करोडमा सीमित रह्यो । २ सय कम्पनीको मूल्य बढ्दा ४४ को घटेको र ८ को स्थिर रहेको छ ।

समूहगत सूचकमा अन्य समूह सबैभन्दा बढी ५.०१ प्रतिशत, होटल तथा पर्यटन ३.३५ प्रतिशत, हाइड्रोपावर २.१० प्रतिशत, व्यापार समूह २.८१ प्रतिशत, जीवन बीमा १.९२ प्रतिशत लगायतका समूह बढेका छन् ।

कम्पनीगत रूपमा, नेपाल माइक्रोइन्स्योरेन्स, नेपाल पुनर्बीमा, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ। त्यसैगरी इमर्जिङ नेपाल ९.९ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर ९.८प्रतिशत, बुटवल पावर ८.९८ प्रतिशत, सीईडीबी होल्डिङ्स ८.४५ प्रतिशत बढेका छन् ।

अर्कोतर्फ, कर्पोरेट डेभलपमेन्ट बैंक ५.२६ प्रतिशत, थ्रीस्टार हाइड्रोपावर ४.४५ प्रतिशत, समता लघुवित्त ३.५३ प्रतिशत ले मूल्य घटाएको छ । आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?