लमजुङमा अरिङ्गालले टोकेर ८२ वर्षीय वृद्धको मृत्यु

लोकपथ
105
Shares

काठमाडौं ।  लमजुङमा अरिङ्गालले टोकेर घाइते भएका वृद्धाको मृत्यु भएको छ । ८२ वर्षीय यज्ञनिधि तिवारीको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

बेँसीसहर नगरपालिका–११ चितिका तिवारीलाई आइतबार साँझ बाटोमा हिँड्ने क्रममा अरिङ्गालले टोकेको थियो । वडाध्यक्ष शिवप्रसाद जोशीका अनुसार, ‘कसैले जिस्काएको अरिङ्गालले टोकेर घाइते भएका थिए । तत्काल उपचारका लागि प्रदेश अस्पताल लमजुङमा लगिएको थियो, तर थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेजमा ल्याइएको थियो । त्यहाँ गए राति उपचारका क्रममा उनको मृत्यु भएको हो।’

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहले तिवारीको मृत्यु भएको तथा शवपरीक्षण चितवनमा नै हुने र त्यहीँबाट परिवारले बुझ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?