काठमाडौं । रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडकखण्डमा पानी जमेको खाल्डोमा परी बेपत्ता भएका ३ जनाको शव सशस्त्र प्रहरीले असोज २७ गते फेला पारेको छ ।
सोही जिल्लाको राजदेवी नगरपालिका–८ स्थित लक्ष्मिपुरबाट घाँस काट्न गौरतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया राधनी कुमारी यादव र १५ बर्षिया मौसमी कुमारी बैठा बाढीको पानी जमेको खाल्डोमा परी वेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म गौरबाट खटिएको रबरबोर्टसहितको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दाहरुको सहयोगमा उनीहरुको शव खाल्डोबाट बाहिर निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
डीएसपी थापाका अनुसार उनीहरुसँगै घाँस काट्न गएका सोही ठाउँ बस्ने १५ बर्षिया मुस्कान कुमारी राम, १३ बर्षिया मुस्कान कुमारी बैठा, १० बर्षिया चन्द्रमुखी राम र १५ बर्षिया सुनिता कुमारी बैठालाई भने स्थानीय बासिन्दाहरुले सकुशल उद्धार गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया