एजेन्सी । हमासले २० जना जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ । हमासले (सोमबार) आज रिहा गर्न लागेका जीवित बन्धकहरू २० जनाको नामा सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।
प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, सार्वजनिक गरिएको सूचीमा नेपालका विपिन जोशीको नाम भने समावेश छैन । जोशी सन् २०२३ अक्टोबरमा हमासको आक्रमणपछि बेपत्ता भएका नेपाली विद्यार्थी हुन् ।
हमासले सार्वजनिक गरेको बन्धकहरूको नाम यस्ता छन्-
बार कुपर्श्टाइन, एभ्याटर डेभिड, योसेफ चैम ओहाना, सेगेभ काल्फोन, अविनाटन ओर, एलकाना बोहबोट, म्याक्सिम हर्किन, निम्रोद कोहेन, माटन जाङ्गाउकर, डेभिड क्युनियो, इटान हर्न, माटन आङ्ग्रेस्ट, इटान मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरन, एलोन ओहेल, गाइ गिल्बोआ दलाल, रोम ब्रास्लाब्स्की र एरियल कोनियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया