काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल जेनेभा जाने भएका छन् । अन्तरिव्यवस्थापिका मञ्चको १ सय ५१औँ भेलामा भाग लिन अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जाने भएका हुन् ।
आइतबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा संघीय संसद्को नेतृत्व गर्दै आफू जेनेभा जान लागेको र त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए । मानवीय मान्यताहरु कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम यस वर्षको अन्तरिव्यवस्थापिका मञ्चको रहेको बताए ।
आफूले अन्तरिव्यवस्थापिका मञ्चको १ सय ५१औँ भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया