काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया एण्ड इस्ट एशिया प्याशिफिक छनोटको सुपर-६ अन्तर्गत युएईविरुद्ध नेपालले चामत्कारिक जित हात पारेको छ ।
नेपालले युएईविरुद्ध एक रनले जित हात पारेको हो ।
दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले युएईविरुद्ध नेपालले जित हात पारेको हो । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाएको थियो । जितमा ऐरीले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिएका थिए । यसैगरी सन्दीप लामिछाने, सोमपाल कामी र गुलसन झाले एक–एक विकेट लिए ।
यता पहिलो पालीमा १४० को योगफल तयार गर्न आशिफ शेखले अर्धशतक बनाए । उनले ४७ बलको सामना गर्दा ५१ रनको योगदान गरे । यस्तै कप्तान रोहित पौडेलले २० रन बनाएका थिए ।
युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले एक–एक विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया