काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले असोज २७ र २८ गते जनकपुरधाममा हुने मधेस प्रदेश अधिवेशनको तयारी पूरा गरेको छ । अधिवेशनका लागि भूगोलबाट प्रतिनिधि छनौट लगभग सम्पन्न भइसकेको छ ।
प्रदेश अध्यक्ष बालकिशोर यादवका अनुसार, अधिवेशनमा करिब ५ सय प्रतिनिधि र १ सय पर्यवेक्षकको सहभागिता रहनेछ ।
अधिवेशनको उद्घाटन सत्र पार्टी अध्यक्ष उपेन्द्र यादवले असोज २७ गते गर्ने कार्यक्रम रहेको छ । बालकिशोर यादवले देशको विषम राजनीतिक परिस्थितिमा यो अधिवेशनको औचित्य अझ बढेको बताए ।
उनले भने,‘ पार्टीले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, न्याय प्रणालीको पुनर्संरचना, संवैधानिक अदालत, सामाजिक न्याय तथा सुशासनको प्रत्याभूति, र भ्रष्टाचार अन्त्य जस्ता मुद्दा उठाउँदै आएको छ ।’
प्रदेश अधिवेशनमा यी नै मुद्दाहरू प्रमुख रूपमा उठाइने बताइएको छ। अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि वर्तमान अध्यक्ष बालकिशोर यादव र पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादव अध्यक्ष पदमा आकांक्षी रहेको जानकारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया