सर्वोच्च अदालतका थप सेवाहरु सुचारु हुने

लोकपथ
91
Shares

काठमाडौं । सर्वोच्च अदालतमा हाल बन्दीप्रत्यक्षीकरणको मात्र दर्ता भइरहेकोमा थप सेवाहरु समेत सुचारु भएका छन् ।

आइतबार बसेको सर्वोच्च अदालतको पूर्ण इजलासको बैठकले सो निर्णय गरेको सहरजिष्टार तथा सहप्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले असोज २८ गते मंगलबारबाट थप सेवाहरु सुचारु गर्ने निर्णय गरेको हो ।

‘यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरु मिति २०८२–६–२८ गतेबाट दर्ता एवं सुनुवाई हुने र अन्य सेवाहरु पुनः सूचना जारी भएपछि मात्र सञ्चालन हुने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सर्वोच्च अदालतमा समेत आगजनी र तोडफोड गरिएको थियो । सर्वोच्चको भवनसहित महत्वपूर्ण फाइलहरु समेत जलेका कारण पूर्ण रुपमा कामहरु सञ्चालन हुन सकिरहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?